चुरे संरक्षणको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं। तराई (मधेशमा चुरे संरक्षण र पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरदेखि बानेश्वरसम्‍म मधेशवासीहरू पुनस् प्रदर्शनमा उत्रिएको छ । शुक्रबार माइतीघरदेखि बानेश्वरसम्‍म उनीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूको प्रदर्शनमा बृहत् नागरिक आन्दोलन पनि समर्थन जनाउँदै ब्‍यानरसहित सडकमा उत्रिएको छ ।‘सरकार पानी देऊ, वनलाई डढेलोमुक्त बनाऔ, भूमिविहीनका नाममा चुरे अतिक्रमण बन्द गर, खानीका खातिर रुख रोपौं’ लगायतका नाराहरू मधेशवासी र वृहत नागरिक आन्दोनलमा सहभागीहरूले नारा लगाइरहेका छन् ।

वैशाख १६ गतेदेखि पैदल हिंडेर मधेशको पानीको समस्याबारे सरकारलाई जानकारी गराउन र समस्या सम्बोधनका लागि दबाब दिन काठमाडौं आएका मधेशका विभिन्न जिल्लाका बासिन्दा करिब ३ महिनाअखि माइतीघरमा धर्ना बसिरहेका थिए ।