
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज साँझ ६ बजे बैठक बोलाइएको हो ।
नेकपा एमाले अध्यक्ष ओली नेतृत्वको सरकार बनेपछि मन्त्रिपरिषद्को तेस्रो बैठक बस्न लागेको हो ।यो नियमित बैठक भएको सचिवालयले जनाएको छ। हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको बैठक बस्ने गरेको छ।
बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरूमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
