
काठमाडौं ।निजी स्वार्थ भन्दा माथि उठेर सामाजिक सेवामा समर्पित सामाजिक संस्था रोटरी क्लब अफ काठमाडौं नर्थका चार्टर प्रेसिडेन्ट एवं काठमाडौंको लाजिम्पाटमा अवस्थित सांग्रीला होटलका संचालक श्याम बहादुर पाण्डेको निधन भएको छ।
डाइमेन्सियाबाट ग्रसित रोटरीयन पाण्डेको ८८ वर्षको उमेरमा आज सोमबार बिहान धापासी स्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको रोटरी क्लब अफ काठमाडौं नर्थका प्रेसिडेन्ट पिताम्बर पौडेलले जानकारी दिए ।
प्रेसिडेन्ट पौडेलका अनुसार पाण्डेले रोटरीयन भएर क्लबमार्फत र व्यवसायि र व्यक्तिगतसँगै संस्थागत रुपमा ठूलो योगदान पु¥याएका छन्।उनले मुलुकको पर्यटन क्षेत्रमा पनि अतुलनिय योगदान पुर्याएका छन्।
समाजसेवी तथा रोटरीयन पाण्डेको निधनले रोटरी र समाजमा अपूरणीय क्षती भएको रोटरी क्लब अफ काठमाडौं नर्थले जनाएको छ ।
उनका श्रीमति र दुइ छोरा छन् ।
