विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्को राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक समितिको बैठक कक्ष सिंहदरवारमा बस्नेछ ।

आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा छलफल हुने कार्यसूची रहेको छ ।