
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएका छन्। नेपाली कांग्रेस संसदीय दलको नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
नेपालको संविधानको धारा १६८ ९२० अनुसार लामा मुख्यमन्त्रीमा नियुक्त भएका भएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ ।
