
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा जहाजमा सवार १ जनालाई जिवितै उद्धार गरिएको र बाँकी १८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा १८ वटा शव संकलन गरिएको उल्लेख छ ।

९ एन–एएमई सीआरजे २०० विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको थियो । विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए ।
विमानका क्याप्टेन मनिष शाक्यलाई घटना स्थलबाट उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको जनाइएको छ ।
