जहाज दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा १८ जनाको निधन भएकोप्रति दुःख व्यक्त गरेको छ।

‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्रुयु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ। नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ ।

यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु,’– प्रधानमन्त्री ओलीले भनेका छन् ।