
काठमाडौं।यामाहा एरोक्स १५५ स्कुटर चलाएर अवशिस ओझाले काठमाडौंदेखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलता पूर्वक सम्पन्न गरेका छन् ।
उनले केवल ११ दिनमा ५ हजार किलोमिटर भन्दा बढी यात्रा गरेको बताए ।
एमएडब्लू राइदकी सीएमओ पुनम सिंहले एरोक्स १५५ को प्रशंसा गर्दै भनिन्, ‘यो उल्लेखनीय यात्रा पूरा गरेकोमा अवशिस ओझाप्रति हामी असाध्यै गौरवान्वित छौँ।’
एडभान्स लिकउइड कुल्ड इन्जिन, आधुनिक टेक्नोलोजी र एर्गोनोमिक डिजाइन जस्ता सुविधाहरूले ओझाको सफल अभियानले स्कुटरको क्षमतालाई हाइलाइट गर्दछ । सबै उत्साहीहरूलाई उनीहरूको कम्फर्ट जोन भन्दा बाहिर गएर विभिन्न चुनौतीपूर्ण भू–भागहरूको सामना गर्न प्रेरित गर्दछ र एरोक्स १५५ को वास्तविक क्षमतालाई देखाउँदछ।’उनले भनिन्
यो कठिन यात्रामा यामाहा एरोक्स १५५ ले असाधारण,अद्वितीय पर्फर्मेन्सको उदाहरण प्रस्तुत गरेको कम्पनीले जनाएको छ।एरोक्स १५५ स्कुटरमा रहेको एडभान्स लिकउइड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफ्नो दक्षता प्रस्तुत गरेको कम्पनीले उल्लेख गरेको छ।
