कीर्तिपुरका मेयर नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उनको गएराति वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए ।

उनको पार्थिव शरीर बिहान ९ बजे कीर्तिपुर नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने ढकालले जानकारी दिए । मेयर नकर्मीको लामो समयदेखि मिर्गौलाको डायलिसिस हुँदै आएको थियो ।नकर्मी नेपाली काँग्रेसबाट कीर्तिपुरको मेयरमा निर्वाचित भएका थिए ।

मेयर नकर्मीले आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि १ साउनमा नै सुनिता शाक्यलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएका थिए ।