
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा गएको परिरोमा परी गम्भिर घाइते भएका २ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ।
आइतबार बिहान ३ बजे गएको पहिरोमा परी एकै घरका ३ जना सहित थप १ जनाको खोजी कार्य भइरहेको छ भने २ जना घाइतेलाई स्थानीयले उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौंको टिचिङ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आइतबार बिहान १० ३० बजे कैलाश एयरको हेलिकप्टरमार्फत धार्चे गाउँपालिका–५ का कृषि फर्मका कामदार ३५ वर्षीय दिलिप गुरुङ र सोहि ठाउँका २७ वर्षीय खमबहादुर गुरुङलाई उपचारको लागि काठमाडौं पठाइएको उनले बताए।
