सुनको मूल्य १ लाख ४६ हजार कायम

काठमाडौं । सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएकोमा मंगलबार मात्र १०० रुपैयाँ घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै, तेजाबी सुन तोलामा १ लाख ४५ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तैगरी चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएकोमा आज १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।