सिटिजन्स् बैंक र सूर्य हस्पिटलबीच समझदारी

काठमाडौं ।सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज,पर्सा स्थित सूर्य हस्पिटल प्रा.लि बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सूर्य हस्पिटल प्रा.लि मा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

यस बैंकले देशैभरी ६० जिल्लाका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ७४ वटा शाखा सहित बैंकिङ्ग इकाइहरुबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू भने,सिटिजन्स् बैंकको वेबसाइट मार्फत जान्न सकिने बताइएको छ ।