एक वर्षमा ६ लाखले लिए व्यक्तिगत प्यान नम्बर

१७ साउन,काठमाडौं ।पछिल्लो एक वर्षमा व्यक्ति स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ६ लाखभन्दा माथि रहेको छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष (आव)२०८०÷८१ मा ६ लाख १७ हजार ७८१ जनाले व्यक्तिगत प्यान लिएका छन्।योसँगै प्यान नम्बर लिने कुल करदाता संख्या ४२ लाख ६७ हजार ३ सय ९५ पुगेको छ।

पछिल्लो समय पारिश्रमिक भुक्तानीसहितमा प्यान अनिवार्य गरिएसँगै प्यान नम्बर लिनेहरुको संख्या उल्लेख्य बढेको हो । आर्थिक वर्ष २०७९र८० मा ३६ लाख ४९ हजार ६१४ जनाले प्यान नम्बर लिएका थिए ।यस्तै व्यावसायिक स्थायी लेखा नम्बर लिनेको १९ लाख ९२ हजार ५ सय ४४ पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यस्तै

मूल्य अभिवृद्धि कर (मूअक) तर्फ दर्ता हुने करदाताको संख्या ३ लाख ३४ हजार ९ सय ८३ पुगेको छ ।अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या भने १ लाख २५ हजार ८१ पुगेको छ ।यस आवमा करदाता अन्तःशुल्कमा दर्ता हुनेको संख्या ८ हजार ४ सय ६ जना पुगेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।