निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव अघि बढाऔँ :गृहमन्त्री लेखक

२३ साउन,काठमाडौंं ।गृहमन्त्री रमेश लेखकले निर्वाचन सम्बन्धी ऐन संशोधन प्रस्ताव अघि बढाउनुपर्ने बताएका छन्।

मंगलबार निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीसँगको छलफलमा उनले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव चाँडै संसदमा लैजानुपर्ने आवश्यक्ता औंल्याए।उनले भने, ‘

‘निर्वाचन कानुनलाई एकीकृत गर्ने कुरा छ। निर्वाचन आयोग ऐनका केही दफा र सात वटा ऐनलाई एकीकृत गरिराखेका छौँ। यसबाट ८ वटा ऐन यसबाट प्रभावित भइराखेका छन्। अब यसलाई अगाडि बढाऔँ।यसलाई चाँडोभन्दा चाँडो संसदमा लैजाऔँ।’

संसदमा आफूलेनिर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव लैजाने पनि उनले प्रतिबद्धता व्यक्त गरे।आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने गरी प्रस्ताव तयार पार्न गृहमन्त्री लेखकको आग्रह गरे।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्यलाई थप सुढृढ गर्नेगरी अगाडि बढ्ने उनको भनाइ छ। स्थानीय तहको उपनिर्वाचन आगामी मंसिरमा गर्नुपर्ने पनि उनले बताएका छन्।

हाल नगरप्रमुख १,उपप्रमुख १,गाउँपालिका अध्यक्ष २,उपाध्यक्ष २,वडाध्यक्षका २८ पद रिक्त छ।