
काठमाडौं ।ग्लोबल आइएमई बैंकले उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीलाई सहजरुपमा शैक्षिक कर्जा दिने भएको छ।
बैंक,आइएमई लिमिटेड र जापनिज भाषा शिक्षक संघ नेपाल (जाल्टान)बीच यस सम्बन्धमा त्रिपक्षीय सम्झौता भएपछि जापानका लागि विद्यार्थीहरुले सहजरुपमा शैक्षिक कर्जा पाउने भएका हुन्।
समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल,आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशील थापा र जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका छन्।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बैंकलेसमझदारीअनुसार जाल्टानबाट सिफारिस भएका विद्यार्थीलाई जापानका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्ने जानकारी गराएको हो।
त्यस्तै सम्झौताअनुसार जापान जाने विद्यार्थीले आइएमईबाट सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन्।
