
२२ साउन,काठमाडौं।जल तथा मौसम विज्ञान विभागले भोलि पनि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने जनाएको छ।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक सुचना जारी गरेर भोलि पनि अति भारी वर्षाका कारण विपद्का घटना हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।प्राधिकरणले रातको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भएकाले जोखिममा रहेको जिल्लामा रात्रिकालीन बस नचलाउन अनुरोध गरेको छ ।
भारी वर्षाको समयमा जरुरी काम बाहेक यात्रा नगर्न, नदी किनाराका बासिन्दा चनाखो रहन र समस्या परे सुरक्षा निकायमा तुरुन्त खबर गर्न प्राधिकरणले अनुरोध गरेको छ।अति भारी वर्षाबाट ३४ जिल्ला उच्च जोखिममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले ताप्लेजुङ,पाँचथर,संखुवासभा,तेह्रथुम,रसुवा,सिन्धुपाल्चोक,चितवन,दोलखा,धादिङ,नुवाकोटलाई उच्च जोखमको सूचीमा राखेको छ।त्यस्तै कपिलवुस्त,रुपन्देही,पाल्पा,गुल्मी,दाङ,बाँके,बर्दिया,प्युठान,अर्घाखाँची,रुकुम पश्चिम,कैलाली,कञ्चनपुर,डडेलधुरा,डोटी र बैतडी उच्च जोखिमका जिल्ला रहेको विभागको भनाइ छ।
म्याग्दी, बागलुङ,कास्की,पर्वत,स्याङ्जा,तनहुँ,पूर्वी नवलपरासी,लमजुङ र गोखरामा पनि उच्च जोखममा रहेको विभागले जनाएको छ।
हेर्नुहोस् सूचनाः

