
२८, साउन काठमाडौं । सेयर बजारमा उच्च परिमाणको कारोबारको रेकर्ड ब्रेक भएको छ । आइतबार ४० अंकले सूचक बढेको बजारमा २५ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
उक्त रेकर्ड २४ घण्टा नबित्दै ब्रेक हुन पुगेको हो । सोमबार हालसम्मकै उच्च २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको ६ करोड ४८ लाख ७६ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
उच्च कारोबार हुने गरी सेयर बजारमा आएको उल्लासमय दिनमा नेप्से सूचक समेत ७०.८१ अंकले बढ्दै २९ सय ३१।६५ विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यो कोभिड–१९ पछिकै उच्च विन्दु हो ।
