
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनः निर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँच मार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण समेत गरिएको थियो ।
बेनी–जोमसोम–सडक मुनी रहेको मन्दिरलाई सडक माथि सारेर जीर्णोद्वार गरिएको राममन्दिर पुन निर्माण समितिका अध्यक्ष खड्ग गिरीले बताए । उनका अनुसार रु २४ लाख ७० हजार ७५० को लागतमा मन्दिर पुनः निर्माण भएको हो ।
“मन्दिर पुनर्निर्माण लागि रु।१५ लाख उपलब्ध गराउने सहमति गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले हालसम्म रु। १३ लाख ३२ हजार तीन सय ६१ उपलब्ध गराएको छ,” अध्यक्ष गिरीले भने “रु।चार लाख ७४ हजार ७०७ चन्दा सहयोग, रु। एक लाख ११ हजार सात सय आन्तरिक आम्दानी परिचालन गरेका छौ ।”रु दुई लाख ८० हजार ८५६ ऋण रहेको मन्दिर पुनः निर्माणका लागि सो सडक आयोजनाले सहमति अनुसार थप रु।
एक लाख ६७ हजार तीन सय ३९ भुक्तानी गर्न बाँकी छ । अन्नपूर्ण गाउँपालिकाको रु १० लाख बजेटमा सो मन्दिर परिसरमा गत वर्ष निर्माण थालिएको सत्तललाई पूर्णता दिन यस आर्थिक वर्ष २०८१र८२ मा रु। पाँच लाख विनियोजन भएको छ । मन्दिर परिसर घेराबार र हनुमानको मूर्ति राख्न बाँकी छ ।
