
पोखरा । स्कुल बस सञ्चालनलाई सुरक्षित बनाउन सुझाव दिने गरी गठित अध्ययन समितिले विद्यालय सञ्चालनको डेढ घण्टा अघि मात्रै विद्यार्थी ओसार्न सुझाव दिएको छ ।
विद्यालयले आवश्यकताका आधारमा मात्रै बस सञ्चालन गर्नुपर्ने र बिहान साढे ८ बजेबाट विद्यार्थी लिन बस निस्किनुपर्ने समितिले सुझाव दिएको हो ।
यस्तै,ट्राफिक नियम तथा सडक सुरक्षा प्रति सजग हुन,बस चलाइरहेको बेला चालकले मोबाइलमा कुरा नगर्न, विद्यार्थी चढ्दा र झर्दाको समयमा अत्यन्तै सावधानी अपनाउन सुझाइएको छ।साउन १४ गते पोखरा २१ मा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन गठन भएको समितिले यस्ता सुझाव दिएको हो।
उक्त बस ब्रेक फेल भएर दुर्घटना भएको प्रतिवेदन दिइएको छ।बिरौटा स्थित एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटनामा आमा छोराको मृत्यु भएको थियो। भने २८ जना घाइते भएका थिए।दुर्घटना लगत्तै महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्व छानबिन समिति गठन भएको थियो।
