नेप्से सूचक ८.१८ अंकले घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से सूचकमा ८ अंकको गिरावट आएको छ । लगातार उकालो यात्रामा रहेको नेप्से सूचकमा मंगलबार ८.१८ अंकको गिरावट आउँदै २९२३.४६ अंकमा झरेको हो ।

मंगलबार कारोबार समेत घटेर २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँमा झरेको छ । ७० अंकमाथिले नेप्से सूचक बढेको अघिल्लो दिन २७ अर्बमाथिको कारोबार भएको थियो ।

मंगलबार १५७ वटा कम्पनीको सेयर मूल्य घट्दा ८० कम्पनीको मात्र बढेको छ । ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।