
सीता पौडेल(अर्चना)
३० साउन,काठमाडौं।काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान(राष्ट्रिय नाचघर)ले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई संस्थानमा स्वागत र संस्थानका सम्बन्धमा ब्रिफिङ गरेको छ।

मंगलबार संस्थानका अध्यक्ष चन्द्र कुमार राई र महाप्रबन्धक किरण बाबु पुनलगायतले मन्त्री पाण्डेलाई संस्थानका स्वागत गरका थिए ।स्वागत पश्चात महाप्रबन्धक पुनले मन्त्री समक्ष संस्थानका सम्बन्धमा तयार पारिएको कार्यपत्र प्रस्तुत गर्दै संस्थानबारे ब्रिफिङ गरेको संस्थानका अध्यक्ष चन्द्र कुमार राइले जानकारी दिए।

उनका अनुसार सो कार्यक्रममा संस्थानका कर्मचारीहरु र मन्त्रालयका संस्कृति महाशाखा प्रमुख श्री सुरेश सुरश श्रेष्ठलगायत मन्त्रीका निजी सचिवालयका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

तस्विरः सांस्कृतिक संस्थान
