
काठमाडौं । पूर्व–पश्चिम राजमाार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ।
मंगलबार राति लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ।
दिनभर भासिएको सडक मर्मतको काम नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो। तर पहिरो झरेपछि बिहान पौने ५ बजेदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी वेदबहादुर पौडेलले बताए।
बाटो एकतर्फी भए पनि सञ्चालनका लागि प्रयास भइरहेको उनले जानकारी दिए।
दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहँदा लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
