
काठमाडौं।लामो रस्साकस्सीपछि संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक आज बुधबार संसदबाट पास हुने तयारीमा छ।सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) ‘फाष्ट ट्रयाक’बाट पारित गर्न लागेको हो।
हिजो पेस भएको विधेयका आज बस्ने प्रतिनिधिसभाको बैठकले पास गर्ने कार्यसूची रहेको छ।दिउँसो १ बजे बस्ने बैठकमा कानुन,न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले “कानुन,न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०७९ माथि छलफल गरियोस्” भनी प्रस्ताव गर्नै संसद् सचिवालयले जनाएको छ।
त्यस्तै सो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन,सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक,२०८१ लाई पारित गरियोस् भनी कानुनमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको जनाइएको छ।
नेपालको संक्रमणकालीन न्यायलाई अन्तर्राष्ट्रिय समुदायले पनि चासो राख्दै आएको छ।संक्रमणकालीन न्यायसम्बन्धी विवाद समाधान गर्न दलहरु तयार हुनले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश जान सक्छ।
आज विधेयक प्रतिनिधिसभाबाट पारित गरेर भोलि राष्ट्रिय सभाबाट पारित गर्ने तयारी छ।भोलि दिउँसो १ः१५ बजेलाई राष्ट्रिय सभाको बैठक बोलाइएको छ।राष्ट्रिय सभाले पारित गरेपछि सन्देश प्रतिनिधिसभामा सुनाएपछि सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइने छन्।
राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयक राजपत्रमा प्रकाशित भएसँगै ऐनको रूपमा कार्यान्वयनमा आउने छ।
