
३० साउन,काठमाडौं।निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका पदाधिकारी चयनका लागि उपनिर्वाचन प्रक्रिया अघि बढाएको छ।
विभिन्न कारणले रिक्त रहेका मेयर,उपमेयर,पालिका अध्यक्ष,उपाध्यक्ष र वडाध्यक्ष छान्न उपनिर्वाचन गर्न लागेको हो। हाल २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचितमध्ये ३४ पद रिक्त छन्।
आयोगले उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावली दर्ता गर्न आह्वान गरेको हो। निर्वाचन घोषणाअघि नै नामावलीमा नाम दर्ता र अद्यावधिक गर्नुपर्ने कानूनी व्यवस्था छ।
आयोगका प्रवक्ता रघुराम विष्टले मंगलबार जारी विज्ञप्तिमा भनेका छन्, ‘गाउँपालिका तथा नगरपालिकाका पदहरू रिक्त हुँदा आमनागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचन मार्फत पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी गरिरहेको छ।’
जनप्रतिनिधि रिक्त रहेका पालिका र वडाहरू ः


