
३०साउन,काठमाडौं ।काठमाडौं लगायत देशका केही स्थानहरुमा मा आज बिहानैदेखि वर्षा भइरहेको छ।
बागमती,गण्डकी र मधेश प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार लुम्बिनी,कोशी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर साधारणतया बदली रहनेछ।सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाई छ।
उता राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
