
३० साउन,काठमाडौं ।काठमाडौँको सानोभर्याङस्थित एक काष्ठ उद्योगमा आगलागी भएको छ।
मंगलबार राती करिब पौने नौ बजेको समयमा व्यवसायी पृथ्वीबहादुर थापाको काष्ठ उद्योगमा आगलागि भएको हो।

थापाको ‘ईचङ्गुनारायण काष्ठ उद्योग’ मा आगलागि भएको स्वयम्भू स्थित प्रहरीले जानकारी दिएको छ।
आगलागिको कारण भने खुलेको छैन।
