भदौ ६ गते प्रतिनिधिसभा,प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर

३० साउन,काठमाडौं। प्रतिनिधिसभाको अर्का बैठक आगामी भदौ ६ गते बस्ने भएको छ।सो बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

प्रतिनिधिसभाको आज बिहिबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि आगामी भदौ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधिसभा सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन आग्रह गरेका छन्।

बैठक सोही दिन दिउँसो १ बजे बस्ने भनिएको छ।