तारकेश्वर,१० को अक्वा त्रिदेव ब्राण्डको पानीमा कोलिफर्म

जमुना धमला

३०साउन,काठमाडौं।तारकेश्वर नगरपालिका– १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इण्डष्ट्रीको उत्पादन ‘अक्वा त्रिदेव ब्राण्ड’बाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएको छ।

कोलिफर्म भटिएपछि काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गराएको छ।

महानगरका निरीक्षण अधिकृत डा.अवधेश झाका अनुसार साउन २५ गते गोङ्गबु क्षेत्रबाट विभिन्न ५ वटा ब्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमुना लिइएको थियो।लिइएको नमुना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो।

परीक्षण रिपोर्टअनुसार अक्वा त्रिदेव ब्राण्डको पानीमा फिकल कोलिफर्म भेटिएको ड.झाले बताए।प्रति १०० मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलनी फर्मिङ युनिट (सीएफयू) देखिएको उनको भनाई छ।तर यो शून्य हुनुपर्ने थियो।साथै यो व्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ।पानीको नमुनामा पानीको कोलिफर्म शून्य नभएसम्म यो प्रतिबन्ध कायम हुनेछ।

जार र बोतलको पानीमा कीरा, फोहर र कोलिफर्म देखिएपछि महानगरपालिकाले उमालेर मात्र पानी प्रयोग गर्न आग्रह गरेको छ ।कोलिफर्मको स्रोत मानव वा पशुको दिसा हो।