
काठमाडौँ । चितवनको ईच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ–नारायणगढ सडक खण्डमा गुडिरहेको कारामा ढुङ्गा खसेको छ ।
बीएडी ८३२२ नम्बरको कारमा माथिबाट ढुङ्गा खसेर सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । ३ नम्बर पुल नजिकै भएको सो दुर्घटनापछि कार काठमाडौँ तर्फ लागेको डीएसपी रिजालले जानकारी दिए ।
