आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय सांसद अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।

संसद् सचिवालयका अनुसार बुधबार कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, विकास समिति, विधायन व्यवस्थापन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक बस्न लागेको हो ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ ।