
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको हो ।
मङ्गलवार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।
मङ्गलवार तोलामा १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
