स्टार्टअपका लागि नेपालमा अनुकूल वातावरण बनेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अनुकूल वातावरण बनेको बताएका छन् ।

बुधबार काठमाडौँमा स्टार्टअप नेसन, २०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले स्टार्टअपका अनुकूल वातावरण रहेको बताएका हुन् । उनले कामको खोजीमा युवाहरू दिनहुँ विदेशिरहेको भन्दै नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्ने बताए ।

उनले देहबाट बाहिरिने युवाहरूका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्टअप महत्त्वपूर्ण साबित हुने विश्वास व्यक्त गरे ।उनले सीप, आम्दानी, आत्मविश्वास बढाउने कार्यक्रमहरू सरकारले ल्याउने पनि जानकारी गराए ।