
झापा । पूर्वी नाका काँकडभिट्टाबाट विद्युतीय रिक्सा ई(रिक्साको आयात वर्षेनी बढिरहँदा परम्परागत पाइडल रिक्सा लोप भएका छन् । पाँच वर्षमा रु। ८९ करोड ४३ लाख ३६ हजार १६१ मूल्य बराबरको १० हजार १६४ वटा ई(रिक्सा आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलले बताए।
उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु। ४१ करोड २० लाख ३९ हजार ९५९ मूल्य बराबरको चार हजार ६४५ ई(रिक्सा पूर्वी नाकाबाट भित्रिएको छ । यसअघिको आव २०७९र८० को तुलनामा उक्त आयात दोब्बरभन्दा बढी हो ।
आव २०७९/८० मा रु। १६ करोड ७१ लाख १९ हजार दुईसय १३ मूल्य बराबरको एक हजार ८५९ ई(क्सा आयात भएको थियो । ई(रिक्साको आयात महसुल बापत मेची भन्सार कार्यालयले विगत पाँच वर्षमा रु। ३१ करोड ३७ लाख ३२९ राजस्व असुली गरेको भन्सारले जनाएको छ ।
आव २०७६र७७ मा यही नाकाबाट रु। आठ करोड ८१ लाख ५१ हजार ८४० मूल्य बराबरको एक हजार ३२ वटा ई(रिक्सा आयात भएको थियो भने आव २०७७/७८ मा रु। आठ करोड ७२ लाख सात हजार ९९९ मूल्य बराबरको एक हजार ११५ आयात भएको थियो । तथ्याङ्कले ई–रिक्साको आयात वर्षेनी निरन्तर बढेको देखाउँछ । आव २०७८/७९ मा रु। १३ करोड ९८ लाख १७ हजार १५० मूल्य बराबरको एक हजार ५१३ वटा ई(रिक्सा काँकडभिट्टास्थित भन्सार भएर आयात भएको थियो ।
विगत पाँच वर्षयता झापाको सहर बजारमा विद्युतीय रिक्साले छोटो दूरीको सवारीमा एकछत्र सेवा पुराउँदै आएको छ ।विद्युतीय रिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्सा लोप भइसकेका छन् । विद्युतीय रिक्सा ब्याट्रीबाट चल्ने हुँदा यसलाई घरमै रिचार्ज गरेर चलाउन सकिन्छ भने चालकलाई यसले थप सुविधाजनक तुल्याएको छ ।
