नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न एमाले सांसद किरणकुमार साहको माग

१३ भदौ,काठमाडौं ।नेकपा (एमाले) का सांसद किरणकुमार साहले नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गरेका छन्।

आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले संविधानले उन्नति र पहिचान नदिएको भन्दै यसलाई संशोधन गरी हिन्दु राष्ट्र कायम गर्न माग गरे।

उनले भने, ‘हाम्रो सामु प्रश्न खडा भएको छ।हामीले सोचेका थियौँ, हाम्रो संविधानसभामार्फत आफैँ लेख्यौँ।सबै नेताहरूले यसलाई विश्वको उत्कृष्ट संविधान भने।तर,यो संविधानले न त उन्नति नै दिइराखेको छ।न त पहिचान नै। त्यसैले संविधान संशोधन गरी नेपाललाई सनातन हिन्दु राष्ट्रको पहिचान दिऔँ ।’उनले भने।