
१३ भदौं,काठमाडौं ।गृहमन्त्री रमेश लेखकले उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरूको सरल र सहज पहुँच प्रदान गर्नेगरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका छन्।
बिहीवार मन्त्रालयमा चाडबाड नजिकिँदै गर्दा हुने ठगीका घटनाहरुको बारेमा जानकारी लिँदै उनले नागरिकलाई सहज पहुँच विस्तार गर्नेगरी परिणामुखी भइ आवश्यक व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायसँग आग्रह गरे।
उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीको सरल र सहज पहुँच हुनुपर्ने र त्यसको ग्यारेन्टी सरकारले गर्नु जरुरी रहेको भन्दै गृहमन्त्री लेखकले नागरिकले सहज र सरल रुपमा उपभोग्य वस्तुहरु पाएको महशुस हुनेगरी परिणममुखी काम गर्न निर्देशन दिए।
उनले बजारमा कृत्रिम अभाव हुन नदिन,मूल्यवृद्धि नियन्त्रण गर्न,अखाद्यवस्तुहरू चाडबाडको बेलामा बिक्री हुन नदिन पनि उच्च निगरानी गर्न निर्देशन दिए।
