एकीकृत समाजवादीको वरिष्ठ नेतामा बस्नेत,भुसाल र हमाल मनोनीत

१३ भदौ,काठमाडौं।नेकपा (एकीकृत समाजवादी)ले घनेन्द्र बस्नेत,बेदुराम भुसाल र प्रमेश हमाललाई बरिष्ठ नेता मनोनीत गरेको छ।

बिहीबार बसेको केन्द्रिय समिति बैठकले यसअघि उपाध्यक्ष रहेका तीनै जनालाई वरिष्ठ नेता मनोनीत गरेको हो।नेताहरुले राजेन्द्र पाण्डेलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष चयन गर्न बस्नेतको उम्मेदवारीभने फिर्ता गराएका थिए।

उम्मेदवारी फिर्ता गराउँदा नै बस्नेतलाई वरिष्ठ नेताको वचन दिइएको थियो ।त्यसैअनुसार बस्नेत,भुसाल र हमाललाई वरिष्ठ नेता मनोनीत गरिएको सो पार्टीले जनाएको छ।