
१४, भदौ. ।काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐनको मस्यौदा गृह मन्त्रालयबाट पारित भएर अर्थ मन्त्रालयमा पठाएको बताएका छन् ।
शुक्रवार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लेखकले भने, ‘मस्यौदा गृहबाट पारित भएर अर्थमा गएको छ, चाँडो संसदमा प्रस्तुत गर्ने योजना छ ।
’ केपी ओली नेतृत्वको मन्त्रिपरिषद् गठन भएको १ सय दिनमा प्रहरी ऐन संसदमा दर्ता गर्ने उनले बताएका छन् । उनले भने, ‘हामीले यो काम १ सय दिनमा पुरा गर्छौँ ।’निर्वाचन सम्बन्धी ९ वटा कानुन एकीकृत गरेर एउटै कानुन बनाउने प्रक्रिया अघि बढेको लेखकले बताए ।
