
१५ भदौ,काठमाडौं ।आज १७ औँ पुस्तकालय दिवस ।‘निरन्तर शिक्षाका लागि पुस्तकालय’भन्ने नाराका साथ देशभर यो दिवस मनाइँदै छ ।
सरकारले २०६५ देखि भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ।
राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा वि.सं १८६९ भदौ १५ गते पुस्तकालय बनाउने सम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।
शिक्षा मन्त्रालयको २०७८÷७९ को सर्वेक्षणले देशभर ९२८ वटा सामुदायिक तथा सार्वजनिक पुस्तकालय रहेको देखाएको छ। तीमध्ये हाल २२७ वटा पुस्तकालय मात्र राम्रोसँग चलेको पाइएको छ ।
