हिंसा गर्दिनँ,असत्य बोल्दिनँ र भ्रष्टाचार गर्दिनँ भन्नेजस्ता पवित्र भाव राख्नु पर्छ : प्रधानमन्त्री ओली

१५ भदौ,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसहरुमा हिंसा गर्दिनँ,असत्य बोल्दिनँ र भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भाव हुनु पर्ने जिकिर गरेका छन् ।

उनले आफूले पनि कहिल्यै असत्य नबोल्ने र हिंसा नगर्ने संकल्पको उद्घोष गरेका छन् ।जीवनविज्ञान संस्थाद्वारा संङ्घीय संसदहरुका लागि शुक्रबार काठमाडौंमा आयोजना गरिएको ‘स्वजागरण’ कार्यक्रममा उनले सो कुराको उद्घोष गरेका हुन्।

उनले भने, ‘म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ।अराजकता र अशिष्टता नभइ हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका थिए। यसर्थ पनि यसलाई विस्तार गर्न पर्छ ।योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्न मद्दत पुग्छ ।’

प्रधानमन्त्री ओलीले योगमय समाजले शान्ति,सुख र समृद्धि हासिलमा सहयोग पुुग्ने भन्दै अनुसासित बनेर जीवनमा सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गरेका छन्।