
१६ भदौं,काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले सार्वजनिक गरेको विवरण अनुसार शनिबार राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा २,मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो ।
यस्तै हवाई उडान आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ३७ डलरले घटाइएको छ। ग्यासको मुल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ।
निगमका अनुसार अब पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः एक सय ६०।५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः एक सय ५१।५०, एक सय ५३ र एक सय ५४ कायम भएको छ ।
आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर एक सय ३२ कायम गरिएको छ । त्यस्तै अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ५ तोकिएको छ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली,विराटनगर,जनकपुर, अमलेखगञ्ज,भलवारी,नेपालगञ्ज,धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई सूचीकृत गरेको छ।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएकाले स्थानीय बजारमा पनि समायोजन गरिएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
हेर्नुहोस् सूचि :

