नदी किनाराको २० मिटर निर्णयविरुद्ध उठे स्थानीय

२३ भदौ,काठमाडौं ।सर्वोच्च अदालतले नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ ठाउँका स्थानीयहरु विरोधमा उत्रिएका छन्।

सर्वोच्च अदालतको आदेशसँगै काठमाडौं महानगरले थप गरिएको २० मिटरमा कुनै पनि संरचना निर्माण गर्न नपाइने भन्दै रोक लगाएपछि आन्दोलित हुन थालेका स्थानीयहरुले यस मुद्दालाई झन चर्काएका छन्।

आइतबार गोकर्णेश्वर नगरपालिकाका स्थानीयले पनि मापदण्डको विरोध गर्दै जोरपाटीमा प्रदर्शन गरेका छन्।

उनीहरुले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने हो भने धेरै नागरिकहरुलाई अन्याय हुने भन्दै आन्दोलन गरेको बताएका छन्।