सीता पौडेल(अर्चना)
२६भदौं,काठमाडौं।उपत्यकाका नदीमा थप २० मिटर कायम गर्ने सर्वोच्च अदालतको आदेश गलत भएको भन्दै नेकपा माओवादी केन्द्र टोखा नगर कमिटिले पनि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको ध्यानाकर्षण गराएको छ।भने,सँगै हातेमालो गर्ने प्रतिवद्धता पनि जनाएको छ।

मंगलबार कमिटिका अध्यक्ष नविन कुमार डंगोललगायत २९ जनाको टोलीले मेयर अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै एमालेसँगै हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।अध्यक्ष डंगोलले सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदीको मापदण्ड थप २० मिटर कायम गर्ने आदेशसँगै काठमाडौं महानगरले पनि थपेको २० मिटरमा कुनै पनि संरचना निर्माण गर्न नपाइने भन्दै रोक लगाएको विषयप्रति एमालेसँगै माओवादी केन्द्रको पनि गम्भिर ध्यानाकर्षण भएको बताए।

कमिटिका सचिव प्रमोद अधिकारीले सो फैसला पुनरावलोकनका लागि अविलम्ब आवश्यक कानुनी प्रकृया अगाडी बढाउन मेयर अधिकारीसमक्ष अनुरोध गरको बताए । ध्यानाकर्षण पत्र बुझ्दै मेयर अधिकारीले सो फैसला लगत्तै उक्त विषयप्रति नगरपालिका सहित सिंगो एमाले पार्टीको ध्यानाकर्षण भई यसलाई कार्यान्वयन हुन नदिन पुनरावलोकनको मागसहित प्रभावितहरुले मुद्धा दायर गर्नेसम्मको प्रकृया अगाडी बढाएको स्मरण गराउँदै एमालेसँगै हातेमालो गर्न आएकोमा धन्यवाद दिएको बताए।

साथै उनले सो गलत निर्णयले उपत्यकाका धेरै मानिसहरु प्रभावित हुने,पशुपति,गुहेश्वरी लगायतका सम्पदाहरु पनि मासिने खतरासँगै उक्त विषय सिंगो देशैभर एक नजिरको रुपमा स्थापित हुन सक्ने र त्यसबाट लाखौं लाख मानिस प्रभावित बन्न सक्ने भन्दै यो विषय टोखाको,एमालेको मात्रै नभएर देशका सबै पालिका र पार्टीको सिंगो मुद्धा बन्नु पर्ने आवश्यक्ता औंल्याए ।

उनले सो फैशलाविरुद्ध मुद्धा दायरका लागि प्रभावितहरुलाई सहयोग गर्न पनि सबै पार्टीलाई अनुरोध गरे।उनका अनुसार नेकपा एमालेले उठाएको यस मुद्धालाई समर्थन गर्दे सो आदेश विरुद्ध प्रभावितहरु र ठाउँ ठाउँमा स्थानीयहरू विरोधमा उत्रिएका छन्।


हिजै मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जनताविरोधि वा जनहित विरोधी फैसला भन्दै सरकारले कार्यान्वयन गर्न नसक्ने बताएका छन्।
