२९, भदौ काठमाडौं । बालबालिका माथि हुने हिंसा र दुर्व्यवहार रोक्नु सरकारको दायित्व भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन्। राष्ट्रिय बाल दिवस, २०८१ को शुभकामना सन्देश दिनु हुँदै उनले सन्देशमा यस्तो बताएको हो ।
यस वर्ष बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ मनाउन लागिएको छ । बालबालिकाको लागि लगानी भनेको उनीहरूको पालनपोषण, शिक्षा दीक्षा, संरक्षण एवम् विकासका लागि गरिने उनले सन्देशमा उल्लेख गरेको छ
नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । संविधानले गरेको मार्गदर्शन बमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका सम्बन्धी नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छन् ।
