
३०, भदौ नारायणगढ । भरतपुर २९ मा पर्ने सिमलताल नजिकै ट्रक दुर्घटनामा परेको छ । सिमराबाट काठमाडौँ जाँदै गरेको मालवाहक ना ६ ख ६२८३ नम्बरको ट्रक नारायणगढ मुग्लिङ सडकको सिमलताल नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।
ट्रक त्रिशूली नदीको किनारमा खसे पनि पानीमा भने पुगेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनाग्रस्त ट्रकका चालक सह चालक अहिलेसम्म सम्पर्कमा छैनन् ।
सो सडकमा अन्य यात्रु भए नभएको पनि खुल्न सकेको छैन । अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारको काम जारी राखेको छ ।
