
६, असोज काठमाडौं । सुनको मूल्यले आज पुनः नयाँ कीर्तिमान कायम गरेको छ ।लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा रु। एक हजार सात सयले वृद्धि भएको छ ।
शुक्रवार प्रतितोला रु। एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु। एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ ।असोज १ गतेको तुलनामा आजको मूल्य सूची अनुसार छापावाला सुन तोलामा रु। दुई हजार एक सयले वृद्धि भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु. पाँचले वृद्धि भएको छ । शुक्रवार प्रतितोला रु। एक हजार नौ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु। एक हजार नौ सय २० निर्धारण भएको छ ।
