
१५ असोज काठमाडौं ।नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सोमबार साँझ बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित दाउन्नेमा सडक भासिएपछि बाटो अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार सडक अनुमानित डेढ फिट भासिएको छ। सडक भासिएर राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको छ ।
यस्तै बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युतको ‘हाइटेन्स पोल’ पनि सडकमा ढलेको प्रहरी नायब उपरीक्षक बोहराले बताए।
बाटो खुलाउनका लागि सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीले प्रयास गरिरहेको बताइएको छ । आज १० बजेसम्ममा बाटो खुलाउने प्रयास गरेको पनि उनले बताए।
