आजदेखि खसीबोका बिक्री खुला

२० असोज,काठमाडौं ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुुला गरेको छ।

कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुुला गरेको हो।

यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २२० रुपियाँ बिक्री खुुला गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले हेटौँडाबाटखसीबोका र मुस्ताङबाट च्याङ्ग्रा ल्याएको बताइन्। उनका अनुसार चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ।

यसपालि दसैँमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने तयारी भएको पनि उनले बताइन्।

निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन् ।