नवरात्रको पाँचौँ दिन आज पनि कुष्माण्डा देवीकै पूजा आराधना,किन ?

२१ असोज,काठमाडौं ।बडा दशैंको पाँचौ दिन आज पनि कुष्माण्डा देवीकै पूजा आराधना गरिदै छ  ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ०६ः १६ बजेसम्म चौथी तिथि रहेकाले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा,आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको छ।

नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा,आराधना भने मङ्गलबार आश्विन शुक्ल पञ्चमीमा सूर्योदयपछि गर्नुपर्ने समितिले जनाएको छ।

यस वर्ष चौथी तिथि वृद्धि भएको र नवमी तिथि टुटेको हुनाले तिथि घटबढका कारण यसो हुन पुगेको समितिको भनाई छ।

यस वर्षको नवरात्रमा चौथी तिथि वृद्धि भए पनि नवमी तिथि टुटेकाले नौ रातकै नवरात्र रहेको पनि समितिले उल्लेख गरेको छ।

असोज २५ गते महाअष्टमी तिथिको कृत्य सकेपछि त्यसै दिन केही समय विश्राम गरेर महानवमीको कृत्य गर्नुपर्ने पनि समितिले जनाएको छ।