
२१ असोज, काठमाडौं ।नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमको पूरै र कर्णाली प्रदेशका धेरै भागबाट मनसुन बाहिरिएको छ।महाशाखाकाले लुम्बिनी प्रदेशका थोरै भागबाट पनि मनसुन बाहिरिएको जनाएको छ ।
मनसुन बाहिरिने क्रम अन्य प्रदेशतिर पनि क्रमशः फैलिँदै गएको र त्यसलाई अद्यावधिक गर्दै जाने पनि महाशाखाले जनाएको छ ।
भारतको मौसम विज्ञान विभागले सेप्टेम्बर २३ तारिक ९असोज ७ गते० देखि नै भारतका विभिन्न स्थानबाट मनसुन बहिर्गमन सुरु भइसकेको जनाएको थियो ।
नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टुबर २ मा बाहिरिन्छ । तर यस वर्ष सरदर मितिभन्दा तीन दिन अघि अर्थात् जुन १० (जेठ २८) गते मनसुन भित्रिएको थियो ।
मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन गर्यो भने मनसुन बाहिरिएको भनिन्छ ।साधारणतःपूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ ।
