२ कार्तिक, काठमाडौं।नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सरकार मरेको नभई सक्रिय भएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रतिक्रिया दिँदै उनले सरकार सक्रिय भएको बताएका हुन्।
कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले भनेका थिए, ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो’त्यसको काउन्टर जवाफ दिँदै रिजालले सरकार मरेको नभई सक्रिय भएको बताएका हुन् ।
रिमालले समेत फेसबुकबाटै जवाफ लेख्दै भनेका छन्,रवि लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी हुनु न खुसीको कुरा हो न दुखको।कानुनले आफ्नो बाटो लिन्छ,लिनुपर्छ।
रवि पक्राउ पर्दा के आकाश खस्छ भनेर उनले प्रश्न समेत गरेका छन्।उनले कानुनलाई सघाउन र ६५ करोडबारे जवाफ खोज्न अदालतले न्याय दिने पनि बताएका छन्।
